PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ



पहिलोपोस्ट

वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ

काठमाडौं : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ३८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell