PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको निधन, ५ हजार रुपैयाँबाट सुरु गरेका थिए सेयरमा कारोवार



पहिलोपोस्ट

भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको निधन, ५ हजार रुपैयाँबाट सुरु गरेका थिए सेयरमा कारोवार

भारतकी लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ। उनलाई भारतीय सेयरबजारको ‘बिग बुल’ पनि भन्ने गरिन्छ। आज बिहान उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

झुनझुनवालाको कारोवारी सफलतालाई भारतमा प्रशंसा गर्ने गरिन्छ। सन् १९८५ मा उनले शेयर बजारमा कारोवार सुरु गरेका थिए। सुरुवातमा उनले सेयर बजारमा ५ हजार भारतीय रुपैयाँ लगानी गरेका थिए। १९८६ मा उनले सो लगानीबाट केही नाफा कमाएका थिए। पछि उनले आफ्नो लगानीको यात्रालाई तीब्र गतिमा बढाएका थिए। हाल उनको सम्पत्ति करिब ४४ हजार करोड रुपैयाँ रहेको छ।

एक समय स्टक मार्केटको ‘बियर’ रहेका उनले सन् १९९२ मा हर्षद मेहता घोटलाको खुलासापछि सर्ट सिलिङमार्फत धेरै नाफा कमाएका थिए। सन् १९९० को दशकमा उनले भारतीय स्टक मार्केटमा पकड जमाएका थिए।

६२ वर्षीया झुनझुनवाला चार्टर्ड एकाउन्टेन्ट थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै शोक व्यक्त गरेका छन्।

झुनझुनवालाको टाइटन, स्टार हेल्थ, मेट्रो ब्रान्ड, टाटा मोटर्स लगायतका कम्पनीमा लगानी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell