PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल



पहिलोपोस्ट

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

चितवनः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने।

नेता पौडेलले भने, “ कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो। एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए। गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको पौडेलले बताए।, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्," पौडेलले भने।

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले  निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो। उनले भने, “तलको जनमत हेरेर निर्णय लिन्छौँ ।” उनले थपे, “कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।”

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell