PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम



पहिलोपोस्ट

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम

काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य बढेको छ। तोलामा ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा ७ सय बढ्दा गत शुक्रवार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आइतवार तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ भएको छ।

गत शुक्रवार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। तीज पर्व नजिकिँदै गर्दा सुनको मूल्य पुन: उकालो लाग्न थालेको देखिएको छ। सुनचाँदी व्यवसायीहरुका अनुसार यतिबेला बजारमा सुनको माग धेरै छ। दैनिक २० केजीभन्दा बढीको माग हुने गरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतवार सुन प्रतिऔंस १८ सय डलर छ। गत शुक्रवार १७९२.०२ डलर थियो। २०.४१ डलरबाट बढेर चाँदी प्रतिऔंस २०.८० डलर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell