PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कुटपिटबाट गोरखामा एक युवकको मृत्यु, चार जना समातिए



पहिलोपोस्ट

कुटपिटबाट गोरखामा एक युवकको मृत्यु, चार जना समातिए

काठमाडौं : कुटपिटबाट एक युवकको मृत्यु भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

गोरखा पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धिबहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिकलगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell