PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

विश्व बैंकबाट १७ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ ऋण स्वीकार गर्ने सरकारको नि‍र्णय



पहिलोपोस्ट

विश्व बैंकबाट १७ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ ऋण स्वीकार गर्ने सरकारको नि‍र्णय
फाइल फोटो।

काठमाडौं : सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। साउन २६ गतेको मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले ऋण अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको हो।

विश्व बैंकबाट हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन डलर करिब १२ अर्ब ७० करोड रुपैयाँ सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

त्यस्तै, सरकारले जापान सरकारबाट प्राप्त हुने ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ। पूर्वी तराईको सिचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि जाापनी येन २२५६ मिलियन २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell