PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

‘झल्को तिम्रै’ बोलको गीतमा मिर्गौला पीडितहरुको वेदना



पहिलोपोस्ट

‘झल्को तिम्रै’ बोलको गीतमा मिर्गौला पीडितहरुको वेदना

काठमाडौं : मिर्गौला पीडितहरुको समस्या समेटिएको ‘झल्को तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार सरोज केसीको शब्द रहेको गीतमा प्रविण भेडवालको स्वर र आशिष अविरलले संगीत भरेका छन्।

मिर्गौला पीडीतको सत्यघटनामा आधारित गीतको भिडियोमा लक्ष्मण सुनारको निर्देशन रहेको छ। गीतमा धीरेन्द्र सिनाल र सुरबीना कार्कीको अभिनय देख्न सकिन्छ।

धेरै लामो समय लागेर यो गित लेखेकोमा आफूलाई पछुतो लागेको गीतकार सरोज केसीले बताए।

‘मिर्गौला बिमारी श्रीमतीको उपचारको लागि आर्थिक संकलन अभियानको लागि गीत लेखिदिन धीरेन्द्र जीले आग्रह गर्नु भएको थियो। हुन्छ भने तर गीत नलेखिदै उहाँको श्रीमती वित्नु भयो। घटनाको तीन/चार महिनापछि धीरेन्द्रले फेसबुकमा एउटा कपडाको फोटो पोष्ट गरे। उहाँको श्रीमतीले सिलाउन दिएको कपडा टेलरले फोन गरेर लिन बोलाएछन्। त्यसले निकै मन छोयो। अनि त्यही दिन झल्को तिम्रै गीत लेख्ने अवसर जुर्‍यो,’ केसीले भने।

कंचनपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस म्युजिक भिडियाले महिला मृगौला पीडितहरुले प्रत्यारोपणको लागि सहजै अंगदाता नपाउने अवस्थालाइ उठान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell