PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

काठमाडौं आएका हर्क साम्पाङले देखे जताततै फोहोरको डंगुर, धरानै सफा लाग्यो भन्दै गरे व्यङ्ग्य



पहिलोपोस्ट

काठमाडौं आएका हर्क साम्पाङले देखे जताततै फोहोरको डंगुर, धरानै सफा लाग्यो भन्दै गरे व्यङ्ग्य

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन्। काठमाडौं आएका मेयर राईले सडकमा थुपरिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका हुन्।

उनले काठमाडौंका सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डा खुल्डी बाटो भएपनि धरान नै सफा लागेको बताएका छन्। प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको भन्दै उनले व्यङ्ग्यसमेत गरेका छन्।

उनले भनेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लागो! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell