PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

साउन ३१ गते चितवनमा हुँदैछ फिल्म ‘कृष्ण लीला’को फ्री कन्सर्ट



पहिलोपोस्ट

साउन ३१ गते चितवनमा हुँदैछ फिल्म ‘कृष्ण लीला’को फ्री कन्सर्ट

काठमाडौं : फिल्म ‘कृष्ण-लीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। कृष्णजन्माष्टमीको अवसरमा भदौ ३ गतेबाट रिलिज हुने फिल्मले साउन ३१ गते फ्री कन्सर्ट गर्न लागेको हो।

कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलवार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन्।

ओएसीस एजुकेशन (अस्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झाका लगायत फिल्म टिम नै उपस्थित हुनेछन्। यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर’का गायक रवि ओड र गायिका सुनीता कार्की पनि सहभागिता हुनेछ।

चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।

आरआर फिल्म्स् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्रका साथै हिउँवाला गौतम, नवीन रेग्मी लगायतका कलाकारको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell