PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बहिनीसँगको प्रेम सम्बन्धको आशंकामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या, भारत शव पुर्‍याएर ट्रेनमा राखेर नेपाल फर्किए



पहिलोपोस्ट

बहिनीसँगको प्रेम सम्बन्धको आशंकामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या, भारत शव पुर्‍याएर ट्रेनमा राखेर नेपाल फर्किए

वीरगंज : बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ।

साउन २४ गते बिहान राजकुमार ट्युसन पढ्न वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवातर्फ साइकलमा गएका थिए। तर, समयमा नै घर नफर्किएपछि सम्पर्कविहीन रहेको भनी उनका बुबा मोतिलाल ठाकुरले छोरा हराएको निवेदन प्रहरी कार्यालयमा दिएका थिए।

साउन २७ गते बिहान वीरगंज महानगरपालिका-१६ नगवास्थित टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र प्रितम पटेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनीहरु दाजुभाइ हुन्। त्यसपछि प्रहरी घटनाको नजिक पुगेक थियो।

उनीहरुले आफ्नो बहिनीसँग प्रेम सबन्धन रहेको आशंका हत्या गरेको बताए थिए। ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर शव बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा राखी पभारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई बताएका थिए। त्यसपछि त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव राखेर नेपाल फर्कीएको प्रहरीलाई बयान दिएका थिए।

बयानपछि प्रहरीले  प्रहरी बरिष्ठ नायव निरीक्षक बिनोद कुमार सिंहको कमाण्डमा भारतीय प्रहरीको समन्वयमा भारत प्रहरी पुगेको थियो। विहारको भागलपुर स्थितबाट शव बुझि ल्याएका थिए।

घटनापछि विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही गएराति तनावपूर्ण बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell