PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा, बालेनलाई सहकार्यका लागि योगेशको प्रस्ताव



पहिलोपोस्ट

प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा, बालेनलाई सहकार्यका लागि योगेशको प्रस्ताव
तस्विर : संघीय संसद्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहर नउठेको हप्तौं भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको आरोप लगाउँदै काठमाडौंवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए। उनले सांस्कृतिक शहर काठमाडौंको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरे।

एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौंका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell