PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री बन्नु अघि लेख लेखेर जीवन चलाएका बोरिस जोनसनले डाउनिङ स्ट्रिट छाडेपछि के गर्लान्?



पहिलोपोस्ट

प्रधानमन्त्री बन्नु अघि लेख लेखेर जीवन चलाएका बोरिस जोनसनले डाउनिङ स्ट्रिट छाडेपछि के गर्लान्?
तस्विर : पेस्ट म्याग्जिन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अब धेरै समय डाउनिङ स्ट्रिटमा रहने छैनन्। अब उनले के गर्लान्? चर्चा सुरु हुन थालेको छ। 

उनी प्रधानमन्त्री हुनु भन्दा तीनदिन अघि मात्र उनको अन्तिम कोलुम डेली टेलिग्राफमा प्रकाशित भएको थियो- ब्रेक्सिट कार्यान्वयनको समयमा अपनाउनुपर्ने सिकाइका विषयमा।

उनलाई टेलिग्राफले मासिक १० घण्टा काम गरेको २७५ हजार स्ट्रलिङ पाउन्ड दिँदै आएको थियो। उनी हरेक साता एक लेख लेख्दै आइरहेका थिए। उनले मासिक रुपमा १० घण्टा कोलुम लेख्न खर्चिन्थे। त्यसका लागि टेलिग्राफले प्रतिघण्टा दुई हजार २९१ पाउन्ड दिँदै आएको थियो। 

बेलायती सांसदसमेत रहेका जोनसनले २०१६ मा विदेश मन्त्री भएसँगै पत्रिकाको जागिर छाडेका थिए। जोनसनको आलेख पेड सब्सक्राइवरले मात्र पढ्न पाउँथे। त्यसैबापत उनले ११ सय बराबर शब्दका आलेखहरु लेख्ने गर्थे। जसको प्रति शब्द ८.८० पाउन्ड उनले लिने गरेका थिए। 

प्रधानमन्त्री कार्यालयबाट बाहिरिएपछि अब जोनसनले नयाँ जागिर खोज्नुपर्नेछ। हाल उनी महंगो डिभोर्सको खर्च धानिरहेका छन्। उनले आफ्ना सन्तानहरुको रहनसहनमा पनि रकमको जोहो गर्नुपर्नेछ। उनी डेली मेलमा जान सक्ने चर्चा चलिरहेको दी गार्जियनले जनाएको छ। 

यद्यपि, डाउनिङ स्ट्रिटले यसविषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने डेली मेलले पनि केही बताएको छैन। टेलिग्राफमा कुनै समय काम गरेका उनले त्यहाँको तलबलाई 'चारा'को संज्ञा दिन्थे।  

पत्रकारितामा फर्किने चर्चासँगसँगै उनी सार्वजनिक प्रवचनका कार्यक्रम गर्ने र वार्षिक ५ मिलियन पाउन्ड भन्दा बढीको आम्दानी गर्नसक्ने चर्चा पनि सुनिन्छ। उनी हाल १५५ हजार ३७६ पाउन्डसहित उच्च कमाई भएका १ प्रतिशत बेलायतीभित्र उनी पर्छन्।

पत्रकारिताको सुरुवात 

जोनसनले सन् १९८७ को अन्त्यतिर दी टाइम्समा इन्टर्नको रुपमा पत्रकारिता सुरु गरेका थिए। उनी त्यहाँ काम गर्दा एउटा स्क्यान्डलमा परे। उनले लेखेको एक समाचारमा उनले विज्ञको भनाई आफैले बनाएर हालेका थिए। त्यसपछि उनलाई त्यहाँबाट हटाइएको बोरिस: एडभेन्चर अफ बोरिस जोन्सनमा एन्ड्रु जिम्सनले लेखेका छन्। 

त्यसपछि उनी दी डेली टेलिग्राफमा जोडिएका थिए। उनी सन् १९८९ मा पत्रिकाको लागि ब्रेसेल्स ब्युरो प्रमुखको रुपमा युरोपियन कमिसनको रिपोर्टका लागि खटाइए। उनी यो पदमा १९९४ सम्म थिए। उनी कमिसका प्रमुखको कटु आलोचकको रुपमा गनिने पत्रकारका रुपमा दर्ज भए। कतिपयले भने उनको आलोचना गर्थे। हङकङका अन्तिम गभर्नर क्रिस पाटेनले बोरिसलाई 'मिथ्या पत्रकारिताको सबैभन्दा ठूलो प्रवर्द्धकहरू मध्ये एक' भनेका थिए। 

बोरिस सुरुदेखि युरोस्केप्टिजमका कट्टर समर्थक थिए। उनी ब्रेक्जिट कार्यान्वयनका क्रममा प्रधानमन्त्री बने। उनका रिपोर्टहरुमा पनि युरोपियन युनियनबाट बेलायत अलग्गिनुपर्ने धारणाहरु हुन्थे। यसैले पनि उनलाई तत्कालीन प्रधानमन्त्री गार्ग्रेट थ्याचरको नजिक पुर्‍यायो। 

उनी सन् १९९४ मा बेलायत फर्किएपछि 'वार रिपोर्टर' बन्न चाहन्थे। तर, उनलाई सहसम्पादक तथा चिफ पोलिटिकल कलुम्निस्टको पद दिइयो। उनका आलेखले प्रसिद्ध सम्मानसमेत पाएका छन्। त्यसपछि उनी १९९९ मा स्पेक्टेटरको सम्पादकमा नियुक्त भए। इराकमा अपहरणपछि मारिएका बेलायती इन्जिनियर केन बग्लेइको हत्यापछि उनले सम्पादकीय लखे। जुन विवादास्पद बन्यो। उनले पछि माफी मागेका थिए

उनी पछि सांसद हुँदै लण्डनको मेयर हुँदै मन्त्रीसमेत भए। सन् २०१८ जुलाईमा उनले साप्ताहिक लेख लेख्ने गरी १२ महिनाको करारनामा हस्ताक्षर गरे। उनले यस्तो करारनामामा हस्ताक्षर गरेको प्रति संसदमै आचारसंहिता उल्लंघन गरेको आरोप लगोको थियो।  

पत्रकारितामा आफ्ना आलेखका कारण विवादमा आइरहने उनी पुन:पत्रकारितामा फर्किने चर्चासँगै उनी प्रधानमन्त्रीबाट हटेपछि के गर्छन् भन्ने चर्चा चुलिँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell