PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु



पहिलोपोस्ट

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८ सय  २९ जनाको परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ रहेको छ।

सोही अवधिमा संक्रमण भएका २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell