PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रहरी समायोजनलगायतका अधिकारको माग गर्दै संघ सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा



पहिलोपोस्ट

प्रहरी समायोजनलगायतका अधिकारको माग गर्दै संघ सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा

जनकपुरधाम : मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ। आइतवार मधेश प्रदेश प्रमुखको कार्यालय परिसरमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अगुवाईमा मधेश प्रदेश सरकारका मन्त्रीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत दुई घण्टासम्मका लागि धर्नामा बसेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता बितेपछि आन्दोलनको घोषणा गर्दै आजदेखि एक सातासम्मका लागि मधेश प्रदेश सरकारले दुई घण्टे धर्ना दिन थालेको हो। मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी रहेको दुई घण्टे धर्ना कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायतका व्यक्तिहरुको सहभागिता छन्।

पहिलो चरणको आन्दोलनबाट पनि संघीय सरकारले प्रहरी समायोजनलगायतका अधिकारको विषयमा गम्भिरता नदेखाए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

गत साउन २२ गते मधेश प्रदेश सरकारले ७ दिने अल्टिमेटमसहित प्रदेश प्रमुखमार्फत प्रहरी समायोजनका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए। पत्रकार सम्मेलन मार्फत गृह तथा सञ्चारमन्त्री साहले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताएका थिए।

दुई घण्टासम्म चलेको सो धर्ना पौने १२ बजेदेखि सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell