PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विष्णु सापकोटाको मुख्य भूमिकामा हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने घोषणा



पहिलोपोस्ट

विष्णु सापकोटाको मुख्य भूमिकामा हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने घोषणा

काठमाडौं : हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच यस कमेडी टेलिसिरियलको घोषणा गरिएको हो।

हर्के हल्दारको उपनामले चर्चित कलाकार विष्णु सापकोटा यस सिरियलमा मुख्य भूमिकामा देखिनेछन्। भद्र भुजेलको निर्देशन रहेको टेलिसिरियल प्रत्येक सोमवार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ।

सिरियलमा विष्णुका साथै स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल लगायतका कलाकारहरूको अभिनय रहनेछ।

हास्य टेलिचलचित्र ‘रिटार हल्दार’मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाई शंका गर्ने बुढाको क्यारेक्टरलाई विशेष रुपमा प्रस्तुत गरिने सापकोटाले बताए।

विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट रहेको सिरियललाई  प्रवेश पोखरेल र संजय राईले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell