PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोहोर व्यवस्थापन र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको निर्णय



पहिलोपोस्ट

फोहोर व्यवस्थापन र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको निर्णय
फाइल फोटो।

काठमाडौं : सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए।

महँगी नियन्त्रणका बारेमा पनि गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

‘फोहोर व्यवस्थापन गर्नुपर्‍यो र महँगी नियन्त्रका बारेमा सरकारको ध्यानकर्षण गर्ने कुरा भयो,’ भुसालले भने।

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन हुन नसकेपछि सरकारको चर्को आलोचना भइरहेको छ। फोहोर व्यवस्थापनबारे गठबन्धनमा आज छलफल भएको हो।

गठबन्धनले चुनावमा तालमेल गरेर जाने निर्णय गरेको थियो भने टिकट बाँडफाँटका लागि साउन २० गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले टिकट बाँडफाँटको मापदण्ड बनाइरहेको छ।

साउन अन्तिम सम्ममा प्रतिवेदन बुझाउन कार्यदललाई समयसीमा दिइएको थियो। आजको गठबन्धनको बैठकमा टिकट बाँडफाँटको विषयले औपचारिकता नपाएको भुसालको भनाइ छ।

गठबन्धनका नेताहरुबिच चुनावमा तालमेलका बारेमा औपरिक तथा अनौपरिक रुपमा छलफल हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell