PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुनरागमन जितसँगै रियल मड्रिडको सुखद सुरुवात



पहिलोपोस्ट

पुनरागमन जितसँगै रियल मड्रिडको सुखद सुरुवात
Photo: LaLiga/Twitter

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले अल्मेरियालाई हराउँदै सुखद सुरुवात गरेको छ। स्टेडियो मेडिटेरानिओ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै सुखद सुरुवात गरेको हो।

घरेलु टोली अल्मेरियाले खेलको छैटौं मिनेटमै लार्जी रमाजानीको गोलमा अग्रता बनाएको थियो। उता मड्रिडलाई ६१ औं मिनेटमा लुकास भाजक्वेजले करिम बेन्जेमाको पासमा गोल गर्दै बराबरीमा ल्याए। त्यस्तै डेभिल अलबाले ७५ औं मिनेटमा गोल थप्दा रियल मड्रिड २-१ गोलको जित निकाल्दै लिगमा सुखद सुरुवात गर्न सफल भयो।

गएराति नै सम्पन्न ला लिगाका अन्य खेलहरुमा रियल सोसिडाडले कार्डिजलाई १-० गोलअन्तरले हराउँदा भ्यालेन्सियाले जिरोनालाई पनि १-० गोलअन्तरले नै हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell