PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

रूपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते



पहिलोपोस्ट

रूपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरमा अज्ञात समूहले एकजना युवकमाथि गोली प्रहार गरेको छ। गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहियाका बिकास गुरुङ घाइते भएको रूपन्देही प्रहरीले जनाएको छ।

गएराती करिब ११ बजे बसन्तपुरस्थित वडा कार्यालय अगाडि जम्का भेट भएपछि उक्त समूहले गुरुङमाथि गोली प्रहार गरेकाे थियो। बायाँ काेखमा गाेली लागेका गुरुङकाे भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक दिपक कुँवरले जानकारी दिए।

गोली प्रहार हुनुभन्दा केही समय अघि रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धार्थ कटेजमा चोरी भएको खुलेको छ। कटेजबाट २ तोला सुन र केही नगद चोरी भएको बताइएको छ। लुटेर भागेको उक्त समुहको गुरूङसँग भेट भएपछि गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ।

गुरुङमाथि गोली चलाउने र चरीमा संलग्न समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell