PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आज देशभर सामान्य बदली, यस्तो छ मौसम पूर्वानुमान



पहिलोपोस्ट

आज देशभर सामान्य बदली, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं : सोमबार बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको नियमित मौसम बुलेटिनमार्फत जनाइएको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती प्रदेश १, मधेश प्रदेश,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell