PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पशुपतिमा यस्तो देखियो साउनको अन्तिम सोमबारको रौनक

पशुपतिमा यस्तो देखियो साउनको अन्तिम सोमबारको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आज साउन महिनाको अन्तिम सोमबार। हिन्दु धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन।

आज साउन महिनाको अन्तिम सोमबार भएकाले शिवालयहरुमा महिला भक्तजनको भीड लागेको छ। पशुपतिनाथमा बिहानैदेखि महिलाहरु पुगेर शिवको पूजा गरिरहेका छन्।

आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको र भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

यस्तै, भक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा पनि भक्तजनको ठूलो भीड लागेको छ।

यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।



ट्रेन्डिङ पोस्ट

Ncell