PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

बाघले खायो कसराको प्रजनन केन्द्रमा रहेका तीन वटा गोही



रासस

बाघले खायो कसराको प्रजनन केन्द्रमा रहेका तीन वटा गोही
फाइल फोटो।

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही बाघले खाएको उनले जानकारी दिए।

बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो।

सूचना अधिकारी तिवारीले भने, ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’

गोही खाएपछि बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell