PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा २० प्रतिस्पर्धी छनोट



पहिलोपोस्ट

‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा २० प्रतिस्पर्धी छनोट

काठमाडौं : ‘मिस युनिभर्स नेपाल’को तेस्रो संस्करणको फिनाले भदौ ९ गते अर्थात अगस्ट २५ मा हुँदैछ। अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले २० प्रतिस्पर्धीलाई सेमिफाइनलमा छनोट गरेको बताइन्। कार्यक्रममा २० जना प्रतिस्पर्धीहरुले रेड कार्पेटमा ‘क्याट वाक’ गर्नुका साथै आफ्नो परिचय दिएका थिए।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन्।

यस वर्षको विजेतालाई १० लाख रुपैयाँसहित इलेक्ट्रिक स्कुटर पुरस्कार दिइने बताइएको छ। त्यस्तै, विजेताले ७१औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछन्।

 

आउँदो वर्षदेखि प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरुले समेत सहभागी हुन पाउने नग्मा श्रेष्ठले जानकारी दिइन्।

‘मैले सधै नै मिस युनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशीता हो। आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागू हुनेमा विश्वास लिएकी छु।’

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा उमंग क्रिएशन प्रालिले भित्र्याएको हो। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्मा श्रेष्ठले गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell