PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

‘मेरो डान्स कप यूएसए’ र ‘मेरो भ्वाइस कप यूएसए’को विजेता बने रेनुका र प्रवीण



पहिलोपोस्ट

‘मेरो डान्स कप यूएसए’ र ‘मेरो भ्वाइस कप यूएसए’को विजेता बने रेनुका र प्रवीण

काठमाडौं : इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को फिनाले सम्पन्न भएको छ।

कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जितेकी छिन्। उनले ताजसँगै १० हजार डलर र टोयोटा र्‍याभ फोर गाडी प्राप्त गरेकी छिन्।

त्यसैगरी, ‘मेरो भ्वाइस कप’ को उपाधि प्रवीण बर्देवाले जितेका छन्। उनले पनि १० हजार डलर पुरस्कार र टोयटा गाडी प्राप्त गरे।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो। नेपालमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो।

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुँदा सेकेन्ड रनरअप सुमिका तामाङ भइन्। ‘मेरो भ्वाइस कप’ तर्फ फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन्।

यो शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरुले प्रतिस्पर्धा गरेको थिए। इन्ट्रा फाउन्डेशनले आउँदो वर्षदेखि ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’को आयोजना गर्दैछ। जसमा विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell