PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

पहिला नेपालको विकास सिंगापुरको जस्तो हुनुपर्छ भनेका थियौँ, अब नेपालकै जस्तो हुनुपर्छ : प्रचण्ड



पहिलोपोस्ट

पहिला नेपालको विकास सिंगापुरको जस्तो हुनुपर्छ भनेका थियौँ, अब नेपालकै जस्तो हुनुपर्छ : प्रचण्ड
फाइल फोटो : प्रचण्डको सचिवालय।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास नेपालकै मोडलमा हुनुपर्ने बताएका छन्। रसियन कल्चर सेन्टर, कमलपोखरीमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले नेपालको विकास अरु देशको जस्तो नभई नेपालकै जस्तो हुनुपर्ने बताएका हुन्।

उनले आफूले पहिले स्वीजरल्याण्ड/सिंगापुरको जस्तो हुनुपर्ने बताएको भएपनि अहिले भने उक्त धारण आफ्नो नभएको बताए।

‘नेपालको विकास नेपालको जस्तै हुनुपर्छ। हुन त हामीले  विगतमा सिंगापुर स्वीजरल्याण्ड जस्तो भन्ने गरेका थियौँ, अहिले सबैतिर हेर्दा नेपालको विकास नेपालकै जस्तो हुनुपर्छ,’ प्रचण्डको भनाइ छ।

उनले जापानको विकास निकै लोभलाग्दो भएपनि त्यहाँ आध्यात्मिक विकास हुन नसक्दा आत्म हत्याका घटना धेरै भएको बताएका छन्। कला साहित्यप्रति आफ्नो लगाव धेरै भएको भन्दै प्रचण्डले आफ्नो उक्त स्वभावलाई सबैले नचिनेको बताए।

‘अलि बढी संवेदनशील हुनुको नाताले कलाकारप्रति अनुराग बढी छ। मलाई अलि छुट्टै खालको सन्तुष्टि मिल्दछ यस्ता खालका कार्यक्रममा सहभागी हुँदा,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell