PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

फोहोर व्यवस्थापनको लागि युवा संघको दबाबमूलक कार्यक्रम : उठायो सडकमा थुपारिएको फोहोर

फोहोर व्यवस्थापनको लागि युवा संघको दबाबमूलक कार्यक्रम : उठायो सडकमा थुपारिएको फोहोर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले दबाबमूलक सरसफाई कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकराल समस्याको विरोधमा युवा संघले सोमवार सडकको फोहोर उठाएर सरकारलाई दबाब दिएको हो।

युवा संघले नयाँ बानेश्वरस्थित सडकमा थुपारिएको फोहोर उठाएको थियो।

यसअघि, आइतवार अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो।

त्यस्तै, प्रतिनिधिसभाको आइतवारको बैठकमा एमाले सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका थिए। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell