PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

राष्ट्रपति भण्डारीले सोधिन् : बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय गर्न सक्छ? अरु के-के छ सन्देशमा?



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले सोधिन् : बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय गर्न सक्छ? अरु के-के छ सन्देशमा?
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकता विधेयक संसद्मा फिर्ता गरेकी थिइन्। ७ बुँदे सन्देश र ८ बुँदे ध्पानाकर्षण ठाउँदै भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न अस्वीकार गरिन्।

उक्त ८ बुँदे सन्देशमा २०७५ सालमा प्रस्तुत भएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको सहमतिलाई पनि विधेयकमा राख्नुपर्ने उल्लेख छ। आमाको नामबाट नागरिकता पाउने विषय संविधानमा उल्लेख भएपनि बाबुबारेको स्वघोषणाले आमाको आत्मसम्मानमाथि न्याय गर्न सक्छ? भन्ने प्रश्न विचरणीय भएको राष्ट्रपतिले उल्लेख गरिके छन्।

नागरिकताबारे पुनः अध्यन हुन जरुरी भएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरी संसद्मा पठाइएको उल्लेख गरिकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell