PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

ताइवान पुगेर फर्कियो अमेरिकी सांसदको अर्को टोली, ताइवान आसपास पीएलएको सैन्य अभ्यास



पहिलोपोस्ट

ताइवान पुगेर फर्कियो अमेरिकी सांसदको अर्को टोली, ताइवान आसपास पीएलएको सैन्य अभ्यास
Photo: https://twitter.com/tingtingliuTVBS

ताइवानमा फेरि अमेरिकी सांसदहरु पुगेर फर्किएका छन्। सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेको १२ दिनपछि अमेरिकी सांसदहरुको टोली आइतवार राति ताइवान पुगेका हुन्। उनीहरु २० घण्टा ताइवानमा बिताएर फर्किएका छन्। 

ताइवानमा पुगेको सिनेटको परराष्ट्र मामिला समितिको एसिया-प्यासिफिक समूहका प्रमुख इडी मार्केको नेतृत्वको टोलीले त्यहाँकी नेतृ त्साइ इङ-वेनसँग भेट गरेको ताइवानको लिबर्टी टाइम्सले जनाएको छ। 

यो टोली ताइपेइबाट छाडेपछि मात्र त्यहाँको 'राष्ट्रपति'को कार्यालयले उनीहरुको भ्रमणसम्बन्धी फोटो सार्वजनिक गरेको हो। 

यसैबीच अमेरिकी सांसद ताइवान पुगेसँगै चिनियाँ जनमुक्ति सेनाले ताइवान वरपर सैन्य अभ्यास गरेको छ। ताइवानको रक्षा कार्यालयले स्थानीय समयअनुसार ५ बजे जारी गरेको वक्तव्यमा पीएलएका ३० एयरक्राफ्ट र ५ पीएलए भेसलले ताइवान वरिपरी सैन्य अभ्यास गरेको पुष्टि गरेको छ। ३० पीएलए एयरक्राफ्टमध्ये १५ वटाले ताइवान जलडमरुको अघोषित जलसम्बन्धीमध्ये रेखा पार गरेको बताइएको छ। 

पीएलएको इस्टर्न थियटर कमाण्डले सैन्य अभ्यास गरेको थियो। यसैबीच चीनको सेनाले आफ्नो देशको सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाका लागि सैन्य अभ्यासलाई निरन्तरता दिने जनाएको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता उ छियानलाई उदृत गर्दै ग्लोबल टाइम्सले 'ताइवान स्वतन्त्रता' सम्बन्धी पृथकतावादी तथा बाह्य हस्तक्षेपविरुद्ध पीएलएसँगै रहने बताएका छन्।  

पीएलएका इस्ट्रन थियटर कमाण्डका प्रवक्ता शि यीले पीएलएले सैन्य ड्रिल गरेको पुष्टि गरेका छन्। चीनले अमेरिकी संसदीय टोलीको ताइवान भ्रमणले 'एक चीन नीति'लाई उल्लंघन गरेकोसमेत बताएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell