PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘संशोधन नत्र खारेजी’ : संक्रमणकालीन न्याय विधेयकको विरोधमा प्रदर्शन

‘संशोधन नत्र खारेजी’ : संक्रमणकालीन न्याय विधेयकको विरोधमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बृहत् द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा प्रदर्शन गरेको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै प्रदर्शन गरिएको हो।

विधेयकको विरोधमा र्‍यालीसहित प्रदर्शन गरिएको थियो। माइतीघरबाट निस्किएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संयुक्त संघर्ष समितिपनि सहभागी थियो।

सो क्रममा सहभागीहरुले ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारित सुनिश्चित गर’, ‘मानवअधिकारको गम्भीर उल्लंघनकर्तालाई कारबाही गर’, ‘संक्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधन विधेयक पारित गर्न पाइदैन’ लगायत लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell