PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरामा, यस्तो छ तालिका



पहिलोपोस्ट

दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरामा, यस्तो छ तालिका
फाइल फोटो।

पोखरा : पोखरा बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आइपुगेकी छिन्। भोलि मंगलवार हुने कार्यक्रममा सहभागी हुन उनी आज दिउँसो नै बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन्।

विद्यालयको कार्यक्रमबाहेक उनी भोलि तमुधीमा आयोजना हुन गइरहेको ट्रहोटे पर्वको कार्यक्रममा सहभागी हुँदै छिन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जयनारायण आचार्यका अनुसार भोलि मंगलवार सुरुमा उनी विन्ध्यवासिनी मन्दिर दर्शन गर्न जाँदै छिन्।

बिहान ८:३० बजे मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी ११ बजे विन्ध्यवासिनी विद्यालयको हीरक जयन्तीमा सहभागी हुने छिन्।

सो कार्यक्रममा सहभागी भएपश्चात् दिउँसो ट्रहोटे पर्वको कार्यक्रममा सहभागी हुने छिन्। कार्यक्रममा सहभागी भएपछि भोलि नै उनी काठमाडौं फर्किने छिन्।

सोमवार पोखरा आइपुगेकी राष्ट्रपतिलाई स्वागत गर्न  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित उच्च पदस्थ सरकारी अधिकारी विमानस्थल पुगेका थिए। उनी पोखरा विरौटामा रहेको पोखरा ग्रान्डमा बसेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell