PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै



पहिलोपोस्ट

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबिच संचालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा संचालन हुन लागेको हो।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा संचालन हुनेछ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell