PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ट्रहोटे पर्वको अवसरमा आज पोखराका विद्यालयमा बिदा



पहिलोपोस्ट

ट्रहोटे पर्वको अवसरमा आज पोखराका विद्यालयमा बिदा

पोखरा : ट्रहोटे पर्वको अवसरमा आज पोखरा महानगरपालिकाका भित्र संचालित विद्यालयहरूलाई बिदा दिइएको छ। गुरुङ समुदायको सांस्कृतिक पर्वको अवसरमा आज महानगर भित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीमा बिदा दिइएको हो।

शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यका अनुसार वर्षभरिबाट विद्यालय आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी पर्वको अवसरमा बिदा दिन भनिएको हो।

गुरुङ समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्रहोटे पर्व मनाउदै आएको छ।

भूत प्रेतलाई धपाउने विश्वासका साथ परापूर्व कालदेखि गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ। ट्रहोटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर भूतलाई धपाउने गरेको विश्वास राख्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell