PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

बराबरीमा रोकियो लिभरपुल



पहिलोपोस्ट

बराबरीमा रोकियो लिभरपुल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट घरेलु टोली लिभरपुलले पुनरागमन गर्दै हारबाट जोगिएको हो।

खेलको ३२ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुलका डार्विन नुनेजले ५७ औं मिनेटमा रेडकार्ड ब्यहोर्दा टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसको बावजुत जेम्स मिल्नरको पासमा लुइस डिआजले खेलको ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे।

जारी सिजन लिभरपुलको यो लगातार दोस्रो बराबरी हो। यसअघिको खेलमा लिभरपुलले फुलहमसँग २-२ गोलको बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell