PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

यी जिल्लामा भदौ ५ देखि दिइनेछ ५ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप



पहिलोपोस्ट

यी जिल्लामा भदौ ५ देखि दिइनेछ ५ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ। भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबाबालिकालाई कोरोना विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिन लागिएको हो। भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भने भदौ २७ देखि असोज १ गते दिइनेछ

यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो। बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना स्थापना गर्नाका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ। ५ देखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ।

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने छ।

अब खोप प्रदान गरिनेमा प्रदेश नं १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, वाग्मती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन्।

यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, पूर्वी रुकुम, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell