PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल



पहिलोपोस्ट

निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडाँमा बसिरहेको छ। बैठक जारी रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्याले जानकारी दिए। 

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो। सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आज सम्मका लागि सारिएको थियो। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र एकताका बारेमा पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। 

नेकपा माओवादी केन्द्रले पदाधिकारी पूर्णता दिन सकेको छैन्। यसअघि असार १९ गतेको केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो गठन भए पनि स्थायी कमिटी र अरु पदाधिकारी चयन हुन सकेन। माओवादी केन्द्रले सत्ता गठबन्धनमा पनि आफूलाई दोस्रो दल हुनेगरी भागबण्डा गर्नुपर्ने अडान राख्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell