PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बुटवलको होटलमा दुईजना मृत फेला, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान



पहिलोपोस्ट

बुटवलको होटलमा दुईजना मृत फेला, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान

बुटवल : रुपन्देहीको बुटवलस्थित एक होटलमा दुईजना मृत फेला परेका छन्। बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको होटल कारीकोटको कोठामा एकजना पुरुष र एकजना महिला मृत अवस्थामा फेला परेका हुन्।

धादिङको कुमपुरका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीय पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। उनीहरु दुवैजना विवाहित भएको खुलेको छ।

‘युवतीको घर दाङ भनिए पनि पुष्टि हुन बाँकी छ। श्रीमान विदेशमा रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक घिमिरेले भने।

तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरि भुजेल आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक घिमिरेले बताए। युवती पलङमा उत्तानो परेको र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरु आइतबार राति त्यस होटलमा बास बसेका थिए। शव पोष्टमार्टमका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell