
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको छ। चुनावमा टिकट बाँडफाँटका बिषयमा गृहकार्य गर्न गठबन्धनको बैठक बसेको हो। गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठक सोमवार बसेको थियो। उक्त बैठकमा मापदण्डबारे छलफल भएको थियो भने बुधबार बस्ने बैठक मार्फत अन्तिम प्रतिवेदन तयार पार्ने निचोड निस्किएको थियो। कुन दललाई कति भाग दिने भन्नेबारेमा गठबन्धनमा सहमति भइसकेको छैन्। यसअघि आइतवार बसेको गठबन्धनको बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे सरकारलाई ध्यानर्कषण गराएको थियो। आजको बैठकमा कार्यदलमा भएको प्रगतिविवरणबारे शिर्ष नेताहरुलाई जानकारी गराइने छ।