PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

भारत लैजान लागेको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद



पहिलोपोस्ट

भारत लैजान लागेको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद

काठमाडौं : बाँकेको जानकी गाउँपालिका-१ पंचपोखराबाट प्रहरीले यार्सागुम्बा बरामद गरेको छ। सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरले बरामद गरेको हो। यार्सागुम्बा ल्याउने व्यक्ति भने फरार भएको प्रहरीले जानकारी दिएको छ।

बरामद यार्सागुम्बा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell