PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?



पहिलोपोस्ट

प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?
फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगमा जाने तयारी गरेका छन्। 

माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले प्रचण्ड दिउँसो १ बजे निर्वाचन आयोग जाने तय भएको जानकारी दिए। बाबुराम पनि सँगै जाने भएकाले निर्वाचन आयोगमा जानेबारेमा उनीसँग कुराकानी भइरहेको उपाध्यायले बताए। 'हाम्रो तर्फबाट अध्यक्ष तयार भइसक्नु भयो। भट्टराई कति बेला आउनुहुन्छ कुराकानी भइरहेको छ,' उनले भने। 

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक भट्टराईलाई आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको हँसियाथौडा दिने निर्णय गरेको थियो।

यस्तै तत्कालका लागि भट्टराईले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्न लागेका हुन्। जनता समाजवादी पार्टी जसपा छाडेका भट्टराईले सत्ता गठबन्धन भने नछोड्ने बताइरहेका छन्। तत्कालका लागि भट्टराईले चुनावी सहकार्यमात्रै गर्ने उपाध्यायको भनाइ छ। भट्टराईले राखेका शर्तबारे पार्टीमा छलफल भइरहेका माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell