PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

आफन्तलाई एसिड प्रहार गर्ने एक पुरुष समातिए



पहिलोपोस्ट

आफन्तलाई एसिड प्रहार गर्ने एक पुरुष समातिए

काठमाडौं : सल्यानमा एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित पसलमा बसिरहेका उनकै भाइसहित तीन जना घाइते भएका थिए। ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिब २२ लिटर एसिड सहित नियन्त्रणमा लिएको।

तीनै जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell