PahiloPost

May 14, 2024 | १ जेठ २०८१

दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने



पहिलोपोस्ट

दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्।

यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको डिमाण्डपछि हिन्दी भर्सन नेपालमा पनि प्रदर्शन गर्न लागेको निर्देशक तथा निर्माता सन्तोष सेनले बताए।

‘हिन्दी टिजरलाई दर्शकले निकै रुचाउनु भएको छ। हिन्दी भर्सनको धेरै डिमाण्ड हुन थालेपछि नेपालमका पनि रिलिज गर्न लागेका हौँ। हिन्दी डबको वितरकसँग छलफल गरेर केही दिनमै प्रदर्शन मिति तोक्ने छौँ। नेपाली रिलिज भएको केही दिनमै हिन्दी भर्सन पनि रिलिज हुनेछ,’ उनले भने।

‘प्रेम गीत ३’ को हिन्दी भर्सनमा दक्षिण भारतीय फिल्म डब गर्ने कलाकारले आवाज भरेका छन्। नेपालीभन्दा हिन्दी भर्सनमा स्क्रिनप्ले फरक रहेको समेत सेनले बताए।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell