PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मुख्यसचिव र सेनाप्रमुखको ८२ हजार पुग्दा आइजीको ७६ हजार, नयाँ तलबमानअनुसार कसको कति?



पहिलोपोस्ट

मुख्यसचिव र सेनाप्रमुखको ८२ हजार पुग्दा आइजीको ७६ हजार, नयाँ तलबमानअनुसार कसको कति?

काठमाडौं : साउन १ गतेदेखि लागू हुने गरी सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, सामुदाहिक विद्यालयमा कार्यरत शिक्षकदेखि स्थानीय तहका कर्मचारीको समेत तलब बढेको हो। अर्थमन्त्री जनार्दन शर्माले २०७९/०८० को बजेटमा १५ प्रतिशतले तलब बढ्ने घोषणा गरेका थिए। सोही घोषणालाई साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यान्वयन गर्दै तलब वृद्धि गर्ने निर्णय गरेको थियो।

बढेको तलबअनुसार मुख्य सचिवको तलब ८२ हजार ३ सय ५९ कायम रहेको छ। त्यस्तै सेनापतिको तलब पनि ८२ हजार ३ सय ५९ रहेको छ। नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको तलब भने ७६ हजार ८ सय ८८ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell