PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले गरेको धर्ना स्थगित



पहिलोपोस्ट

प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले गरेको धर्ना स्थगित

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध तीन दिनदेखि गर्दैआएको धर्ना कार्यक्रमलाई स्थगित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

मंगलवार मधेश प्रदेश प्रमुखको नीजि सचिवालयको कार्यालय परिसरमै धर्ना स्थलमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले जानकारी गराएका हुन्।

मुख्यमन्त्री राउतले भने, ‘गृहमन्त्रीसँग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो, उहाँले गठबन्धनकै सरकारमा हामी छौँ, त्यहाँ पनि हाम्रो गठबन्धनकै सरकार छ, प्रहरी समायोजनको मागमा हामी पनि सकारात्मक नै छौँ, त्यसैले भोलि बन्ने सरकारले प्रहरी समायोजनको विषयलाई प्रायोरिटीमा राखेर प्रहरी समायोजन हुन्छ नै, तपाईहरुको माग पूरा अवश्य पनि हुन्छ, तसर्थ मेरो अनुरोध छ, तत्काललाई धर्ना कार्यक्रम स्थगित गर्नुस् भन्नुभयो।’

उनले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि लामो समयदेखि लविइङ गर्दै आएको हुनाले उनको पनि पहलकदमीले संघीय सरकारसँग कुराकानी सकारात्मक भएको बताए।

उनले आफूहरुले संविधानतः तत्काल प्रदेश सरकारले प्रदेशवासीको शान्ति सुरक्षा गर्न नसकेपनि संघीय सरकारबाट सकारात्मक आश्वासन पाएपछि धर्ना कार्यक्रमलगायतका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell