PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

माओवादीको चुनाव चिन्ह पाउँदा निर्वाचन जित्नेमा ढुक्क वामदेव, गठबन्धनबाट टिकट मिलाउने जिम्मा प्रचण्डको



विधुर ढकाल

माओवादीको चुनाव चिन्ह पाउँदा निर्वाचन जित्नेमा ढुक्क वामदेव, गठबन्धनबाट टिकट मिलाउने जिम्मा प्रचण्डको

काठमाडौं : नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका नेता वामदेव गौतमले आफूले गोलाकारभित्रको चिन्ह पाउँदा चुनाव जित्न सजिलो हुने बताएका छन्। माओवादीले आफ्नै चुनाव चिन्हबाट वामदेवलाई निर्वाचनमा उतार्ने निर्णय गरेसँगे उनी निर्वचन आयोगमा यसबारे कानुनी प्रक्रिय बुझ्न पुगेका हुन्।

'हाम्रो दल यसअघि नै दर्ता भइसकेको छ। अहिले एउटै चुनावचिन्हबाट लड्ने विषयमा टुंगो लागिसकेको छैन। यहाँ कानुनी प्रक्रिया के छ भनेर बुझ्न आएको हुँ,' मंगलवार दिउँसो आयोग पुगेका गौतमले भने, ' म गोलाकारभित्र हसियाँ हथौडामा चुनाव लड्ने इच्छा जाहेर गरेँ। यसो हुँदा म गठबन्धनमा परेँ अनि चुनाब जित्न सहज हुने भयो।'

अहिले माओवादीकै चुनाव चिन्हबाट लड्न सहज हुने देखेर आफू गठबन्धनमा आएको उनको तर्क रह्यो। यसका लागि गठबन्धनबाट भाग माग्ने जिम्म माओवादी अध्यक्ष प्रचण्डलाई दिएको गौतमले बताए।

'नेकपा फुट्नमा मेरो पनि भूमिका छ। ठूलो भूमिका दुई अध्यक्षको हो। गठबन्धनमा सामेल हुन्छु भनेको थिएँ सकिनँ,' गौतमले भने, 'अहिले मलाई गोलाकारभित्र हसियाँ हथौडामा लड्न सहज हुने देखें। गठबन्धनबाट भाग माग्ने नमाग्ने हाम्रो कुरा होइन प्रचण्डलाई जिम्मा दिएको छु। उहाँले गठबन्धनमा माग्नु हुन्छ कि आफ्नो भागको दिनुहुन्छ उहाँको कुरा हो।'

वामदेवले आफूले निर्वाचन क्षेत्र नफेरेकोसमेत दाबी गरे। 'मैले निर्वाचन क्षेत्र फेरेको होइन। प्युठान मेरो क्षेत्र हो,' उनले भने।

गौतमले यसअघि २०७४ को निर्वाचनमा आफूलाई पार्टीभित्रै अन्तर्घात गरेर हराइएको बताउँदै आएका छन्। प्रतिनिधि सभामा पराजित भएपछि उनी राष्ट्रिय सभामा मनोनित भएका थिए।

नेकपामा विवाद भएका बेला आफू कतै नलाग्ने बताउने गरेका गौतमले पछिल्लो समय एकता अभियान चलाइरहेका थिए। एमालेका अध्यक्ष केपी ओलीसँग पनि केही समय अघिसम्म संवादमा रहेका गौतम पछिल्लो समय भने माओवादीका नेताहरुसँग संवादमा छन्। उनलाई माओवादी केन्द्रले चुनाव चिन्ह दिएपछि उनी माओवादीतर्फ खुलेका हुन्।

त्यसो त नेकपा एकीकृत समाजवादी गठन हुनुअघि गौतमले आफ्नो साथ माधव नेपाललाई हुने बताएका थिए। एमालेबाट राजीनामा गरेका गौतम अन्तत:एकीकृत समाजवादीमा पनि लागेनन्। उनले जनताको बहुदलीय जनवाद त्यागेको भन्दै नेपालको आलोचना गर्दै आएका छन्।

नेकपामा प्रधानमन्त्रीको लोभ गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै गौतमले प्रचण्डको पनि आलोचना गर्छन्। तर, चुनावमा उनको अभियानले मात्रै जित्ने स्थिति छैन। त्यसैले उनले तत्कालीन नेकपाका सचिवालय सदस्यलाई राखेर समाजवादी केन्द्र बनाउनेबारे सिंहदरबारमा दुई पटक छलफल पनि गरेका थिए। तर,तत्कालका लागि समाजवादी केन्द्र बनाउने च्याप्टर क्लोज भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell