PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

माओवादीको चिन्ह लिएर निर्वाचन लड्दै बाबुराम, टिकट प्रचण्डले दिने



पहिलोपोस्ट

माओवादीको चिन्ह लिएर निर्वाचन लड्दै बाबुराम, टिकट प्रचण्डले दिने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचन आयोगमा माओवादीसँगै संयुक्त चुनाव चिह्न दर्ता गराएका छन्। मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचनका लागि मंगलवार माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्दा संयुक्त चुनाव चिह्न हँसिया हथौडा दर्ता गरेको हो।

माओवादीबाट छुटेर नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पुगेर नयाँ पार्टी गठन गरेका बाबुराम यसपटक माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्न लागेका हुन्। यो सँगै बाबुरामलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट दिनेछन्।

संयुक्त चुनाव चिह्नबारे छानबिन गरेर प्रक्रिया अघि बढाइने निर्वाचन आयोगका दल दर्ता शाखाका मधुकरप्रसाद पोखरेलले बताए। 'संयुक्त चुनाव चिह्नबारे छानविन गर्छौं। यो हिजोसम्म अन्यौल थियो। थप कागज पत्र आवश्यक परे माग गर्छौं,' पोखरेलले भने।                          



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell