PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोल र डिजेलको मूल्य, अब निगमले मूल्य घटाउला?



पहिलोपोस्ट

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोल र डिजेलको मूल्य, अब निगमले मूल्य घटाउला?

काठमाडौं : भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी) ले मंगलवार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय ३ पटकसम्म लगातार आईओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको छ। योसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर करिब ४ रुपैयाँ नाफा हुनेछ। तर, डिजेलमा अझै प्रतिलिटर करिब ५ रुपैयाँ घाटा नै छ। यसका लागि यही मूल्य यथावत गर्नुपर्ने निगमको भनाइ छ। यही मूल्य कायम रहिरहेमा निगमलाई आगामी १५ दिनको घाटा ३१ करोड मात्र हुनेछ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो। त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो।

यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निगमले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell