PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गठबन्धन राम्रो भए एमालेले जित्ने ठाउँ देख्दिनँ : वामदेव गौतम,  प्रधानमन्त्री बन्छु भन्नेबित्तिकै मेरो सबै कुरा बिग्रन्छ



प्रकाश भण्डारी

गठबन्धन राम्रो भए एमालेले जित्ने ठाउँ देख्दिनँ : वामदेव गौतम,  प्रधानमन्त्री बन्छु भन्नेबित्तिकै मेरो सबै कुरा बिग्रन्छ

काठमाडौं : नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका नेता वामदेव गौतम माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लड्ने भएका छन्। मंगलवार दिउँसो माओवादीको चुनाव चिह्न लिन पाउने या नपाउनेबारे कानुनी प्रक्रिय बुझ्न पुगेका गौतमले यस्तो धारणा राखेका हुन्।

'माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवार हुन्छु,' गौतमले भने, 'म चुनाव चिह्नबारे बुझ्न आएको थिएँ। बुझेँ। हुन्छ अगाडि बढ्नुस भन्नूभयो।'

गौतमले यसपटक गठबन्धन भएमा अरु पार्टीले जित्ने ठाउँ नै आफूले नदेखेको तर्क गरे। यसपटक गठबन्धनले कति सिट जित्ला त? जवाफमा गौतमले भने, 'भन्यो भने एमालेका नेताहरु रिसाउन सक्छन्। इमानदारिताकासाथ गठबन्धन भए अरुले जित्ने ठाउँ देख्दिनँ। केही तलमाथि भए पनि यो गठबन्धन धेरै अगाडि बढ्छ।' गठबन्धन सबै हिसाबले अगाडि भएकोसमेत उनको दाबी रह्यो।

तपाईको सपना प्रधानमन्त्री पनि हो, अब के हुन्छ त? प्रश्न खस्न नपाउँदै गौतमको जवाफ थियो, प्रधानमन्त्री बन्ने भन्दा बित्तिकै मेरो सबै कुरा बिग्रिन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell