PahiloPost

Jun 16, 2025 | २ असार २०८२

कांग्रेसले गर्‍यो दल दर्ता : केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन ढिलो हुँदा अन्तिम दिनमात्र आयोगमा



पहिलोपोस्ट

कांग्रेसले गर्‍यो दल दर्ता : केन्द्रीय समितिमा  ३३ प्रतिशत महिला पुर्‍याउन ढिलो हुँदा अन्तिम दिनमात्र आयोगमा

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगमा निर्वाचनका लागि दल दर्ता गरेको छ। बुधवार अन्तिम दिन उपसभापति धनराज गुरुङको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, सचिव केशव रिजाललगायत पुगेर आयोगमा दल दर्ता गरेको हो।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन ढिला हुँदा दल दर्ता ढिलाई भएको उपसभापति गुरुङले बताए। 'दल दर्ताका लागि ३३ प्रतिशत पुर्‍याउनुपर्ने भएकाले अन्तिम दिन आइयो,' गुरुङले भने। आजै कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय समितिमा मनोनित गरेका छन्। १० महिलालाई केन्द्रीय समितिमा मनोनित गरेसँग कांग्रेस आयोगमा दल दर्ता गर्न पुगेको हो।

कांग्रेस सत्तारुढ पाँच दलसँग थप केही दलसँग तालमेल गरी निर्वाचनमा जाँदै छ। यसरी गठबन्धन गर्दा कांग्रेसले कमैमा चित्त बुझाउनुपर्ने गुरुङको भनाई रह्यो। 'जति सिट कांग्रेसले अधिकतम खोज्छ सबैलाई समेट्न पनि पर्छ। सहमतिका साथ अगाडी बढ्ने भन्ने छ,' गुरुङले भने, 'कांग्रेसले कमैमा पनि चित्त बुझाउनु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell