PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

बाबुराम र आफूलाई एकै ठाउँमा उभिनबाट कसैले रोक्न नसक्ने प्रचण्डको दावी : चुनावपछि माधव नेपाल सहितको केन्द्र बन्छ



पहिलोपोस्ट

बाबुराम र आफूलाई एकै ठाउँमा उभिनबाट कसैले रोक्न नसक्ने प्रचण्डको दावी : चुनावपछि माधव नेपाल सहितको केन्द्र बन्छ
फोटो प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराई र आफू एकै ठाउँमा उभिएको घोषणा गरेका छन्। निर्वाचन आयोगमा एकै चुनाव चिह्नमा उम्मेदवारी दिने जानकारी गराएपछि पार्टी कार्यालय पेरिसडाँडामा भट्टराई र प्रचण्डबिच भेट भएको थियो।

उक्त भेटपछि प्रचण्डले आफूहरुलाई एक ठाउँमा उभिनबाट अब कसैले नरोक्ने दाबी गरे।

‘बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिने ठूलो अर्थ छ, अब कसैले रोकेर रोकिँदैन्,’ प्रचण्डले भने।

नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईले सत्ता गठबन्धन नछोडेको प्रचण्डको भनाइ थियो। गठबन्धनमा बाबुरामको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग पनि कुराकानी हुने प्रचण्डले जानकारी दिए।

‘उहाँहरुले गठबन्धन छोड्नु त भएको छैन। गठबन्धनले पनि उहाँहरुलाई निकालियो पनि भनेको छैन। उपेन्द्र माधवसँग र शेरबहादुरसँग पनि कुरा गर्छौँ भन्नुभएको छ,’ प्रचण्डको भनाइ छ।

 

चुनावपछि एउटै केन्द्र बनाउने समझदारीमा गएको प्रचण्डले बताएका छन्। त्यसका लागि नाम भने टुंगो लागि नसकेको प्रचण्डले बताए। तर, नेकपा भने रहने उनको भनाइ छ।

नेपालसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भएको प्रचण्डको भनाइ छ।

‘यति नै हाम्रो लक्ष्य पनि होइन। माधवजीहरुसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ। नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनावपछि नेकपा या समाजवादी केही हुन सक्छ। नेकपामा त हाम्रो सहमति भइसक्यो,’ उनले भने।

उनले अलग हुँदा धेरै ठक्कर खाएको भन्दै अब अलग नहुने बताए।

‘हामीले धेरै ठक्कर खायौँ। देशले पनि दुःख पायो। हामी सबैलाई ठेस् लाग्यो,’ प्रचण्डको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell