PahiloPost

Jun 16, 2025 | २ असार २०८२

थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ६१९ जनामा परीक्षण गर्दा ८ सय ४८ जनामा संक्रमण देखिएको हो।

२ हजार ७२२ पीसीआर परीक्षण गरिएकोमध्ये ३९९ जनामा र २ हजार ८९७ एन्टीजेन परीक्षण गरिएकोमा ४४१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ५ सय २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ९० जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell