PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रचण्डमाथि बालेनको संगिन आरोप, ‘सडक अलपत्र बनाउने व्यक्तिकोमा अंगरक्षक जस्तो बसेर कुन नैतिकताले देश बनाउँदैछु भन्नुहुन्छ’



पहिलोपोस्ट

प्रचण्डमाथि बालेनको संगिन आरोप, ‘सडक अलपत्र बनाउने व्यक्तिकोमा अंगरक्षक जस्तो बसेर कुन नैतिकताले देश बनाउँदैछु भन्नुहुन्छ’

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्। नगर प्रमुख शाहले उपत्यकाको फोहोर विसर्जनका लागि लैजाने ककनीको बाटो आठ वर्षदेखि लथालिंग छाड्ने ठेकेदार शारदाप्रसाद अधिकारीको अगंरक्षकजस्तो भएको आरोप लगाएका हुन्। 

पछिल्ला दिनमा फोहोर व्यवस्थापन गर्न नसकेर आलोचित भइरहेका शाहले राजनीतिक दलका नेता कार्यकर्ताले असहयोग गरेको टिप्पणी गरेका थिए। मंगलबार आफ्नो फेसबुक पेजमार्फत प्रचण्डलाई गम्भीर आरोप लगाएका हुन्। ककनीको बाटो लथालिंग छाडेका अधिकारीको घरमा अंगरक्षक जस्तो भएकार बसेको आरोप शाहको छ। 

उनले भनेका छन् –श्रीमान प्रचण्डज्यू१ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।

शाहले सडक विभागको टोलीसहित मंगलबार उक्त सडकको निरीक्षण समेत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell